
काठमाडौं । बैंक घोटाला प्रकरणमा दोषी ठहर भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१४ का ५८ वर्षीय सुरेन्द्रकुमार प्रधान र भक्तपुरको सूर्यविनायक नगरपालिका–५ का ५० वर्षीय अरविन्द्र श्रेष्ठ छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले पक्राउ गरेको हो ।
उनीहरू एच एन्ड बी डेभलपमेन्ट बैंक घोटाला प्रकरणका दोषी हुन्।
प्रधानलाई ९ करोड २१ लाख ५० हजार रुपैयाँ जरिवाना र ७ वर्ष कैद र श्रेष्ठलाई २ करोड ५० लाख रुपैयाँ जरिवाना र ३ वर्ष कैदको फैसला भइसकेको थियो । लामो समयदेखि उनीहरू फरार थिए ।
सुरेन्द्रकुमार प्रधान र अरविन्द्र श्रेष्ठ एच एन्ड बी डेभलपमेन्ट बैंक घोटाला प्रकरणका दोषी हुन् । बैंकका केही कर्मचारीको मिलेमतोमा ‘गुड फर पेमेन्ट’को नाममा ठूलो रकमको घोटाला भएको थियो। यो प्रकरण २०६९ सालमा बाहिर आएको थियो र त्यसपछि विशेष छानबिन समितिले अनुसन्धान गरेको थियो ।








प्रतिक्रिया