
काठमाडौं । नेपाल धितोपत्र बोर्डको आधिकारिक इमेल ह्याक भएको छ । गत शनिबारदेखि ह्याक भएको इमेल अझै रिकभर हुन नसकेको बोर्ड स्रोतले जनाएको छ ।
बोर्डका सबै कर्मचारीले प्रयोग गर्ने अफिसियल इमेल सहितका इमेल आइडी ह्याक भएको ५ दिन हुँदा समेत रिकभर हुन सकेको छैन् । बोर्डको आधिकारिक इमेल ‘सेबोन डट जीओभी डट एनपी’ भएको कर्मचारीले प्रयोग गर्ने र बोर्डको अफिसियल इमेल ह्याक भएको हो ।
बोर्डको आधिकारीक इमेलहरुमा प्राविधिक समस्या भएको र समस्या समाधानको प्रयास भइरहेको बोर्डका प्रवक्ता निरञ्जय घिमिरेले बताए । माइक्रोसफ्टको सहयोगमा इमेल रिकभरका प्रयास भइरहेको बोर्डका अधिकारीहरु बताउँछन् ।
बोर्डको आधिकारीक इमले ह्याक हुँदा महत्वपूर्ण र संवेदनशिल सूचना चोरी भएको आशंका गरिएको छ ।








प्रतिक्रिया