
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.०३ अंकले बढेर १७६१.८६ बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन आइतबार नेप्से ३१.१७ अंकले घटेको थियो भने गत साताको बिहीबार पनि ३८.१० अंकले घटेको थियो ।
सोमबार सूचक बढेपनि कारोबार भने घटेको छ । आज नेप्सेमा कुल ५ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
अघिल्लो दिन आइतबार भने नेप्सेमा कुल ५ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएकामध्ये १४३ कम्पनीको सेयर मूल्य बढ्दा १०६ कम्पनीको घटेको छ । यस्तै, दुई कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
सोमबार बैंकिङ समूहमा सर्वाधिक अर्थात् १.५० प्रतिशतको सुधार देखिएको छ ।








प्रतिक्रिया