रास्वपाले रुपन्देही-३ का लागि लेखजंग थापालाई उम्मेदवार बनाउने

210
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही क्षेत्र-३ को उपनिर्वाचनमा लेखजंग थापालाई उम्मेदवार बनाउने भएको छ।

प्री-इलेक्सन प्रक्रियामार्फत थापा उम्मेदवार बन्न सफल भएका हुन्।

पार्टी कार्यालयमा आइतबार आयोजित कार्यक्रममा रास्वपाका कर्यवाहक सभापति डोलप्रसाद अर्यालले थापालाई उम्मेदवारको रूपमा घोषणा गरेका थिए।

उम्मेदवार बन्ने घोषणापछि थापाले रुपन्देहीका जनता अहिले पनि परिवर्तनको भोको भएको बताएका छन्।

उनले आफ्ना हजुरआमाको उदाहरण दिँदै रुपन्देहीका जनताले परिवर्तन खोजिरहेको बताए। उनले आफूले त्यहाँका जनतालाई परिवर्तनको अनुभूति दिलाउन प्रयास गर्ने बताए।

आफ्नो टिमसँग दिग्गज व्यक्तिहरू रहेकाले आफू निर्वाचनका लागि उत्साहित भएको उनको भनाइ छ।

त्यहाँको उम्मेदवार बन्न नौ जना प्रतिस्पर्धामा थिए। भैरहवाका स्थानिय उनी वरिष्ठ न्यूरोलोजिष्ट हुन् । 

उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौड्याल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल  र मधुप्रसाद अर्यालबीच रास्वपाबाट उम्मेदवार बन्नका लागि प्रतिस्पर्धा भएको थियो। 

रुपन्देहीमा आगामी १७ कात्तिकमा उपनिर्वाचन हुँदैछ।