
काठमाडौं । बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज दिन रहेको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने सर्वसाधारणका लागि जारी गरिएको आईपीओ भर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले २ अर्ब ८३ करोड रुपैयाँ जारी पुँजीको २०.७०६७ प्रतिशत अर्थात ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको हो । जसमध्ये ५ लाख ६६ हजार कित्ता स्थानीय बासिन्दाका लागि, ५ लाख २९ हजार ४०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, १ लाख ५८ हजार ८२० कित्ता कर्मचारीहरूका लागि र २ लाख ६४ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएका सेयर बाँडफाँट भइसको छ ।
दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ४१ हजार ८० कित्ता सेयर जारी गरेको हो । जसको कुल मूल्य ४३ करोड ४१ लाख ८ हजार रुपैयाँ बराबर रहेको छ ।










प्रतिक्रिया