
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिन आज अन्तिम दिन हो ।
कम्पनीले कुल १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको जारी पुँजीको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
यसमा सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३ लाख ९ हजार ९३८ कित्ता सेयर विदेशमा रोजगारी गरिरहेका र श्रम स्वीकृति प्राप्त नेपालीहरूलाई निष्काशन गरिएको हो ।










प्रतिक्रिया