एसपीजी अटोमोबाइल्सद्वारा ‘आइकार भि-२३’को पहिलो झलक सार्वजनिक, कस्ता छन् फिचर ?


काठमाडौं । नेपालमा ओमोडा एन्ड जेईको गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतिक्षित ‘आइकार भि-२३’ को पहिलो झलक प्रस्तुत गरेको छ । सोमबार काठमाडौंमा एक ‘प्रिभ्यू कार्यक्रम आयोजना गर्दै उक्त गाडीको पहिलो झलक प्रस्तुत गरेको छ।

ओमोडा एन्ड जेइको र आईकार दुवै चिनियाँ अटोमोबाइल निर्माता ‘चेरि ग्रुप’को हिस्सा हो, जसले विगत दुई दशकदेखि चीनको सबैभन्दा ठूलो अटोमोबाइल निर्यातकर्ताको स्थान कायम राख्दै आएको छ ।

चेरिले विश्वका ८० भन्दा बढी मुलुक र क्षेत्रहरुमा निर्यात गर्दै विश्वभर १ करोड ३० लाख भन्दा बढी सवारीसाधन वितरण गरी बलियो अन्तर्राष्ट्रिय उपस्थिति बनाएको छ ।

आइकार भि-२३ ले रगेड एस्थेटिक्स र अत्याधुनिक प्रविधिको संयोजनमार्फत आफ्नो श्रेणीमा नयाँ बेन्चमार्क स्थापित गरेको छ । साइबर टेक डिजाइन सहितको यो रेट्रो-क्लासिक एसयुभि टफ (मजबुत) मात्र नभई अत्यन्त सुक्ष्म इन्जिनियरिङमा आधारित छ । यसमा १०० किलोवाटको सिड्ङ्गल मोटर सेटअप रहेको छ जसले १८० न्युटनमिटरको टर्क प्रदान गर्छ, साथै ५९.९३ किलोवाट आवरको ब्याट्री प्याकसहित उपलब्ध छ ।

यस एसयुभीको लम्बाइ ४,२२० मिलिमिटर, चौडाइ १,९१५ एमएम, उचाइ १,८४५ मिलिमिटर र हिवलबेस २,७३५ मिलिमिटर रहेको छ, जसले सन्तुलित उपस्थिति (स्टेन्स) र स्पेसियस प्रपोसन्नस (बनावट) सुनिश्चित गर्दछ ।

नेपालसहित विश्वभर रगेड देखिने विद्युतीय सवारीसाधनप्रति बढ्‌दो उपभोक्ता चासोलाई प्रतिबिम्बित गर्दै, भी-२३, छ वटा विभिन्न रंग विकल्पमा उपलब्ध हुनेछ । यसको क्याविनले आराम र व्यावहारिकतालाई प्राथमिकता दिएको छ, अगाडिको प्रशस्त स्पेसले दुवै ढोकाबाट सजिलै भित्र आउने र निस्कने गर्न मद्दत गर्छ भने पछाडिको रियर सिटिङ अझ फराकिलो छ ।

यस एसयुभिको भित्र विशेष रूपमा डिजाइन गरिएका मेकानिकल नबहरु (डायलहरु)’ रहेको छ, जसले ट्याक्टाइल (स्पर्शजन्य) विशेषताहरुलाई र आधुनिक स्टाइलिङमा प्रस्तुत गर्दछ । यो एसयुभिको ७० प्रतिशत भन्दा बढी भाग, हाइ स्ट्रेन्थ स्टिलको प्रयोग गरी हाइ-रिजिडिटी बडीमा निर्मित रहेको छ । भी-२३ ले इन्टरप्राइज-ग्रेड ब्याट्री सेफ्टि’ मापदण्ड पालना गरेको छ, जसले आइकारको टिकाउपन र सुरक्षाप्रतिको प्रतिबद्धतालाई झल्काउँछ ।

कार्यक्रममा सहभागीहरूले गाडीको ‘इन्टेलिजेन्ट टेक विशेषताहरुको प्रत्यक्ष अनुभव गरेका थिए भने ड्राइभिङ अनुभव पनि लिने मौका पाएका थिए । ओमोडा एन्ड जेइकोको समेत आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नेपाली ग्राहकहरुका लागि विद्युतीय सवारी अनुभवलाई नयाँ स्तरमा पुऱ्याउने लक्ष्य राखेको छ ।

आइकार एक नयाँ पुस्ताको वि‌द्युतीय सवारीसाधन ब्रान्ड हो जसको ग्लोबल सार्वजनिकिकरण अगस्ट २०२५ मा भएको हो। यसको पहिलो मोडल भी-२३ नेपालमा समेत छिट्‌टै सार्वजनिक हुँदैछ, जसले रगेड एडभेन्चर-रेडि क्षमता र स्मार्ट प्रविधिलाई एकैसाथ जोड्‌दै एसयुभि श्रेणीमा नयाँ परिभाषा दिन्छ ।

गाडीको मूल्य ४७ लाख रुपैयाँ तोकिएको छ ।