
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले नेपाल धितोपत्र बोर्डको सञ्चालकमा नयाँ सदस्य पठाएको छ ।
धितोपत्र बोर्ड सञ्चालक समिति सदस्यमा उपाध्यक्ष आनान्दराज शर्मा वाग्लेलाई पठाएको हो ।
धितोपत्र बोर्डमा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका प्रतिनिधि पठाउने व्यवस्था धितोपत्र सम्बन्धी ऐनमा छ ।
उद्योग वाणिज्य महासंघले केही समयअघि मात्रै बोर्ड सञ्चालकको रुपमा रहेका महानिर्देशक गोकर्ण अवस्थीलाई फिर्ता बोलाएर उपाध्यक्ष हेमराज ढकाललाई बोर्डमा पठाएको थियो ।
आईक्यानबाट सञ्चालक भएको सिए निल सारु मगर अध्यक्ष भएसँगै रिक्त भएको बोर्डको सञ्चालकमा वाग्लेलाई पठाइएको हो।








प्रतिक्रिया