दुर्गा प्रसाईंले कुन कुन बैंकको कति ऋण तिरे ?

'कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छैन'

1.9k
Shares

काठमाडौं । विवादास्पद मेडिल व्यावसायी दुर्गा प्रसाईंले आफूमाथि बैंकको ऋण नतिरेको भन्दै लाग्ने गरेको आरोप चिर्ने प्रयास गरेका छन् ।

दुई साताअघि कारागार मुक्त भएका प्रसाईंले सोमबार पत्रकार सम्मेलन गर्दै आफूले कारागारमा हुँदासमेत बैंकसँग लिएको ऋणको व्याज र किस्ता तिरिरहेको विवरण सार्वजनिक गरेका छन् ।

नेपाल विद्युत प्राधिकरणले आफूलाई विद्युत महसुल तिर्ने उत्कृष्ठ १० महत्त्वपूर्ण उपभोक्ता भनेर सम्मानपत्र दिएको उनले जनाएका छन् ।

पत्रकार सम्मेलनमा प्रसाईंले गत चैत २५ गते नबिल बैंकमा ४ करोड ५० लाख रुपैयाँ व्याज दाखिला गरेको भौचर सार्वजनिक गरेका छन् ।

त्यस्तै वैशाख १४ गते ग्लोबल आइएमई बैंकमा ३ करोड ७० लाख व्याज र सोही दिन नै ग्लोबल आईएमई बैंकमा ७५ लाख व्याजबापत भुक्तानी गरेको पत्रकार सम्मेलनका क्रममा तयार गरिएको भिडियो सामग्रीमा उल्लेख गरिएको छ ।

त्यस्तै असार २२ गते ग्लोबल आईएमई १ करोड, असार ३० गते ग्लोबल आईएमईमै १ करोड ब्याज तिरेको उल्लेख गरेका छन् ।

कारागारमै रहेको समयमा पनि आफूले ब्याज तिरेको प्रसाईंले उल्लेख गरेका छन् ।

निर्माणाधीन होटल एट्रीमले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा नियमित किस्ता बुझाइरहेको उनले दाबी गरे ।

कर्जा सूचना केन्द्रलेसमेत आफूलाई कालोसूचीमा समावेश नभएको भन्दै प्रमाण दिएको प्रसाईंको भनाइ छ ।