उद्योगीहरुको विद्युत नकाटी वक्यौताहरु असुल्नुपर्छः ऊर्जामन्त्री


काठमाडौं । उर्जामन्त्री दीपक खड्काले लोडसेडिङको समयमा डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत प्रयोग गरेको बिजुलीको प्रिमियम बक्यौता उठाउनुपर्ने पक्षमा आफू रहेको बताएका छन् ।

आइतवार नेपाल विद्युत प्राधिकरणको ४० औं वाषिक उत्सव समारोहलाई सम्बोधन गर्दै टिओडी मिटरमा उठेको रकम उद्योगीहरुको लाइन नकाटी उठाउनुपर्ने बताएका छन् ।

अर्थ मन्त्रालय अन्तर्गतका वक्यौताहरु भने मिनाहादेखि घटाउन सकिने उनको भनाइ छ । उर्जामन्त्री खड्काले आगामी दिनमा पनि उद्योग धन्दाहरुलाई नेपालमा उत्पादित बिजुली बेच्नपर्ने भएकाले घाँटी काटेर वक्यौता उठाउने कुरा आफूलाई मान्य नहुने बताए ।

मन्त्री खड्काले भने,’भोलि पनि उद्योग धन्दाहरुलाई हामीले गरेको बिजुली बेच्न होला नि । यसअर्थमा भनेको हो घाँटी काट्नु हुन्न भनेर । विद्युत् वक्यौता लिनुहुँदैन भन्या छैन । उहाँहरुले उपयोग गरेजति लिनुपर्छ । यसको दर रेट छ, टिओडी मिटर छ, आधारहरु छन् नि । हरेक घरको नागरिकले विद्युतको पैसा तिरेको छ । के आधारमा तिरेको छ ? तपाई (विद्युत प्राधिकरण) ले चिठि पठाएको भरमा तिरेको हो की बिल दिनुहुन्छ ? तपाईहरुलाई यत्रो वर्ष बिल किन नदिएको होला भनेर लागेको छैन् ? बिल नदिएका कर्मचारीलाई कारबाही गर्नुपर्छ भन्ने लागेन ? अधिकारका कुरा गर्दा कतव्र्यका कुरा सँगसँगै हुँदैन र भन्या ? हुनुपर्छ नि साथीहरु । यसबाट विमुख हुन पाइँदैन ।’

उर्जामन्त्री खड्काले आफू आएदेखि बक्यौत उठाउन प्रयत्न गरेको बताए ।

विद्युत वक्यौताका विषयमा थ्रुपै पटक समितिहरु बनेको बताउँदै उनले लाल आयोगको दराज भित्र थन्काइएको प्रतिवेदन आफूले सार्वजनिक गरेको बताए ।

खड्काले कुनै निकायको कुरा गरेर आफू नतर्सिने समेत जिकिर गरे । कानून भित्र बसेर अनुशासित ढंगले काम गर्न समेत नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई उनले निर्देशन दिए ।

खड्काले विद्युत वक्यौता असुली गर्न सघाउ पुगोस् भनेर मन्त्रालयले समिति बनाइदिएको बताए ।

समिति गठन गर्दा अदालत जाने र अदालतलाई प्रभावित पार्न खोजेको समेत आरोप लगाए । उनले प्राधिकरणका कर्मचारीलाई तलब खाँदा पाप नलाग्ने, बिल ठिक छ की छैन् भनेर चेक गर्दा पाप लाग्ने ? भन्दै आक्रोस पोखे ।

उनले अख्तियारलाई चिठी पठाएको भरमा आफू चुप नलाग्ने समेत चेतावनी दिए ।

अख्तियारलाई आफूले राम्रोसँग चिनेको बताउँदै खड्काले सरकारले विद्युत वक्यौताको पैसा उठाउन आफूहरुले खोज्दा अवरोध गर्न खोजिएको बताए ।