
काठमाडौं । सोसफोर्स र आफन्तको भिडभाडले हैरानी दिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र अध्यागमनसम्म जान पाइने भिजिटर पास बन्द भएको छ ।
विमानस्थल कार्यालयले आज मंगलबारदेखि लागू हुने गरी भिजिटर पास बन्द गरेको हो ।
सोमबार बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समितिको बैठकले यस अघि अन्तर्राष्ट्रिय उडानका यात्रुका आफन्त अध्यागमनसम्म नै पुग्ने व्यवस्था थियो ।
विमानस्थल भित्र प्रवेश गर्न, आफन्त छोड्न एक यात्रुका तीन जनाले पास माग्ने गरेका कारण भिडभाड बढेकोले प्रवेश पास बन्द गर्नुपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
यात्रुलाई असहज भए वा ह्विलचेयमा यात्रा गर्ने यात्रुलाई प्राधिकरणका कर्मचारीले सहजीकरण गर्ने पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ । ‘हेल्प डेक्स सञ्चालन गरेका छौं । त्यहाँका साथीलेहल विमानस्थलको टर्मिनल अन्तर्राष्ट्रिय टर्मिनल भवनबाट आवागमन गर्नुहुने व्यक्तिगत सहायता आवश्यक पर्ने बृद्ध बृद्धा, शारीरिक रुपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवं नाबालक यात्रुहरुका लागि सहायता कक्षको व्यवस्था रहेको छ । व्हिलचेयर लगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको सहयोगमा सहजिकरण भैरहेको छ,’ विमानस्थल कार्यालयको भनाइ छ ।








प्रतिक्रिया