
काठमाडौं । पशुपति आर्यघाटमा शव दाहसंस्कार भइरहेको बेला हड्डी निकालेर बेचेको आरोपमा पक्राउ परेका दुई जनालाई सात दिन हिरासतमा राख्ने अनुमति प्रहरीले पाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशपछि काभ्रेका ६१ वर्षीय जीवनाथ ढकाल र उदयपुरका २४ वर्षीय विनायक मैनालीविरुद्ध अभद्र व्यवहारको कसूरमा अनुसन्धान भइरहेको छ ।
उनीहरूले शुक्रबार दिउँसो चितामा जलिरहेको शवबाट हड्डी निकालेर ५ सय रुपैयाँमा बिक्री गरेको आरोप छ ।
हड्डी किनेको भनिएका व्यक्ति भने अझै फेला परेका छैनन् र यसको प्रयोजन पनि खुल्न बाँकी छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।







प्रतिक्रिया