नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स सम्पन्न

161
Shares

काठमाडौं । ‘रिडिफाइनिङ सक्सेस’ भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चार दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स धुलिखेल स्थित होटल दुषित थानी हिमालयन रिसोर्टमा सम्पन्न गरेको छ ।

आ.व. २०८१/८२ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसाय संग सम्वन्धित वर्तमान पाटो बारे विवेचनागरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

अध्यक्ष सिंहले पानसमा द्धिप प्रज्वलन गर्दै सुरु गरिएको सोसम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १५० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष सिंहले जीवन बिमा व्यवसाय प्रतिष्पर्धात्मक हुँदै गैरहेको स्थितीमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व लाई आत्मसात गरी तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्ने सबै शाखाहरुलाई तथा सबैको सामूहिक प्रयासबाट उच्च व्यवसाय संकलन गर्न सफल भएकोमा सम्पुण शाखा तथा केन्द्रिय कार्यालयका कर्मचारीहरुलाई बधाई ज्ञापन गरे ।

साथै आगामी दिनहरुमा पनि सबैको अधिकतम प्रयासले कम्पनीको उचाईलाई थप बृद्धि गर्ने विश्वास व्यक्त गरे । सम्मेलनमा सहभागि भएका कर्मचारीहरलाई व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै अनिल केशरी शाहले नेतृत्व विकास सम्बन्धमा उत्प्रेरणा तालिम प्रदान गरेको थियो ।

यसै गरी नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणका उप निर्देशक पदम प्रसाद सोडारीले सम्पती शुद्धिकरण सम्वन्धमा प्रशिक्षण प्रदान गर्नु हुँदै बिमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्ने कार्य बढ्दै गएकोले यस तर्फ सचेत रहन आग्रह गरे ।

Skip This