सुनको मूल्यले बनायो रेकर्ड, २ लाख नजिक पुग्यो

एक हप्तामा तोलाको ६ हजार ६ सय बढ्यो

105
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख रुपैयाँको हाराहारी पुगेको छ ।

बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँले बढ्दै १ लाख ९९ हजार ४०० रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

पछिल्लो ७ दिनमा सुनको भाउ ६ हजार ६ सयले बढेको छ ।

चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ । बिहीबार २ हजार ३१५ रुपैयाँमा रहेको चाँदी आज २ हजार ३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।