काठमाडौं । सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माण र बाँध निर्माणका लागि छुट्टाछुटै बोलपत्र आह्वान गरिएको थियो । सुनकोशी मरिण बहुउद्देश्यीय आयोजनाका निर्देशक बद्री कार्कीले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध निर्माणको काम निकै सुस्त गतिमा भइरहेको बताए । ‘आयोजनाको सुरुङ निर्माणसम्पन्न भएको पनि १५ महिना बितिसक्यो । तर, बाँध निर्माणको काम भने धिमा गतिमा चलिरहेको छ । निर्माण कम्पनीको ढिलासुस्ती र आलटालका कारणले बाँध निर्माणको कार्यले गति लिन सकिरहेको छैन,’ उनले भने, ‘अहिलेकै गतिको निर्माणले यो आयोजना सम्पन्न गर्न वर्षौं लाग्न सक्छ ।’ हेरौं भिडियोः







प्रतिक्रिया