
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरकले, हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’बम्परअफरको विजेता आधिकारिक रूपमा घोषणा गरेको छ । यस अफरको महापुरस्कार, हुन्डाई भेन्यु १.२, कुबेर कन्स्ट्रक्सन प्रालिलाई प्रदान गरिएको छ ।
यो अभियान भदौ ६ गतेदेखि कार्तिक २३ गते, २०८१ सम्म सञ्चालनमा थियो, जहाँ ग्राहकहरूलाई आकर्षक नगद छुट, एक लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड, एक वर्षको सडक कर भुक्तानी, एक वर्षको कम्प्रिहेसिन्भ बिमा र पुराना सवारी साधन साट्न चाहनेहरूका लागि एक्सचेन्ज बोनसलगायतका विविध लाभहरू प्रदान गरेको थियो ।
यो अभियान देशभरका ग्राहकहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरी हुन्डाई नेपालद्वारा आयोजित सबैभन्दा सफल अफरहरूमध्ये एक बनेको छ ।
बम्पर पुरस्कार विजेता घोषणा २०८२ साउन १५ गते हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरियो।उक्त घोषणामा हुन्डाईका प्रतिनिधिहरूको उपस्थितिसँगै विजेता कन्स्युमार आई नेपालकी अध्यक्ष विमला खनालको संयोजकत्वमा सम्पन्न गरिएको थियो ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कुबेर कन्स्ट्रक्सन प्रालिलाई यस जितका लागि हार्दिक बधाई ज्ञापन गर्नुका साथै यस अभियानलाई सफल बनाउन सक्रिय सहभागी हुने सम्पूर्ण ग्राहक वर्गप्रति कृतज्ञता व्यक्त गरेको छ ।








प्रतिक्रिया