
काठमाडौं । सेयर बजार घट्नेक्रमले आइतबार पनि निरन्तरता पाएको छ ।
साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६५.२० अंकले घट्दै २८५७.४३ बिन्दुमा खुम्चिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार नेप्से ३१.५० अंकले र बुधबार ४७.९३ अंकले घटेको थियो ।
मंगलबार ३०.७६ अंकले बढेर नेप्से चार वर्ष यताकै उच्च अर्थात् ३००२ बिन्दुमा पुगेको भएपनि त्यस यता भने निरन्तर घटिरहेको छ ।
आइतबार नेप्सेमा कुल १३ अर्ब ७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत साताको बिहीबार नेप्सेमा कुल १५ अर्ब ३६ करोड रुपैयाँ बराबरको काराबोर भएको थियो ।
आइतबार कारोबारमा आएकामध्ये १६ कम्पनीको सेयर मूल्य बढ्दा २३३ कम्पनीको घटेको छ ।
आइतबार ट्रेड टावर र शिभश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा मात्रै सकारात्मक सर्किट लागेको छ ।
यस्तै, सान्भी इनर्जीको सेयर मूल्यमा नकारात्मक सर्किट लाग्दा समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९६ प्रतिशतले घटेको छ ।
आइतबार बैंकिङ समूह सूचक २.२४ प्रतिशतले घट्दा विकास बैंक समूह १.८३ प्रतिशत, फाइनान्स समूह १.५२ प्रतिशत, होटल तथा पर्यटन समूह १.०६ प्रतिशत, जलविद्युत् समूह १.३५ प्रतिशत र लगानी समूह २.१७ प्रतिशतले घटेको छ ।
जीवन बिमा समूह २.१२ प्रतिशत, उत्पादन समूह २.४७ प्रतिशत, लघुवित्त समूह ३.०२ प्रतिशत, निर्जीवन बिमा समूह १.८५ प्रतिशत र व्यापार समूहको सेयर मूल्य १.४१ प्रतिशतले संकुचित बनेको छ ।










प्रतिक्रिया