
काठमाडौं । इरानले आफ्नो सीमाभित्र अमेरिकी नियन्त्रणमा रहेको ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) सिग्नलहरू परित्याग गरेर चीनको बेदु नेभिगेशन स्याटलाइट सिस्टम अपनाउने निर्णय गरेको छ ।
अमेरिका र चीनबीच चलिरहेको शीतयुद्ध तथा भूराजनीतिक प्रतिस्पर्धामा यसलाई निकै महत्त्वपूर्ण क्षण मानिएको छ । यसलाई कतिपयले प्राविधिक सम्बन्ध विच्छेद (टेक्नोलोजिकल डिकपलिङ) का रूपमा समेत हेरेका छन् ।
अमेरिकाको रक्षा मन्त्रालयले सोभियत संघविरुद्ध चलेको शीतयुद्धको समयमा जीपीएस बनाएको थियो । यसले स्थान र समय दुवैको सटीक जानकारी दिने भएकाले व्यापक रूपमा उपयोग गरिन्छ । गैरसैन्य पूर्वाधार, कृषि, यातायात र डिजिटल सञ्चारको साथै सैन्य कारवाहीका लागि पनि यसलाई उपयोग गर्ने गरिएको छ ।
यसको प्रभुत्वशाली उपस्थितिका कारण अमेरिकाले लामो समयदेखि प्राविधिक र भूराजनीतिक अग्रता हासिल गरेको हो ।अमेरिकाले आफ्ना साझेदारहरूलाई नियन्त्रण गर्न, उनीहरूको काममा अवरोध गर्न र निगरानी गर्न पनि यो र यस्ता किसिमका प्रविधिहरूको दुरुपयोग गर्ने गरेको छ ।
दुई महिनाअघि इजरायल र इरानबीच भएको युद्धमा इजरायलले इरानका शीर्ष सैन्य अधिकृतहरूलाई सफाया गर्न सक्नुमा जीपीएस प्रणाली जिम्मेवार रहेको बताइन्छ
सन् २००२ देखि २०१३ सम्म अमेरिकाले जर्मनीकी तत्कालीन चान्सलर अंगेला मर्कलको फोनमा अमेरिकाको नेशनल सिक्योरिटी एजेन्सीले ह्याक गरेको खबरले खैलाबैला मच्चाएको थियो । त्यस्तै ‘किल स्विच’ तथा लिंक १६ भनिने ट्याक्टिकल डेटा लिंक नेटवर्कमार्फत अमेरिकाले नेटो साझेदारहरूलाई आफ्नो निर्देशनमुताबिक चल्न बाध्य बनाउने गरेको छ ।
अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले जीपीएसमा नियन्त्रण कायम गरिरहेको हुन्छ । सन् १९९१ मा इराकविरुद्धको युद्धमा अमेरिकाले जीपीएस सिग्नल बन्द गरेर युद्धभूमिमा यसको सैन्य उपयोगको ढोका खोलेको थियो । जीपीएस सिग्नलहरूलाई जाम गर्न र झुक्याउन पनि सकिन्छ । त्यसले अमेरिकाका शत्रुको सैन्य र अन्य महत्त्वपूर्ण पूर्वाधारलाई जोखिममा पारिदिन्छ ।
दुई महिनाअघि इजरायल र इरानबीच भएको युद्धमा इजरायलले इरानका शीर्ष सैन्य अधिकृतहरूलाई सफाया गर्न सक्नुमा जीपीएस प्रणाली जिम्मेवार रहेको बताइन्छ । त्यतिखेर इरानका राष्ट्रपति मसूद पेजेशकियान समेत इजरायलको आक्रमणमा परी घाइते भएका थिए ।
त्यसलगत्तै इरानले आफ्ना सबै नागरिकलाई तत्कालै ह्वाट्याप डिलिट गर्न लगाएको थियो । ह्वाट्सयापमा रहेको ब्याकडोर अमेरिकी सरकारको नियन्त्रणमा रहेको आशंका गरिन्छ । त्यसैले ह्वाट्यापमा भएका संवादहरूको मेटाडेटा समेत अमेरिकीहरूले थाहा पाएको र जियोट्य्राकिङ गरी उनीहरूले नै इजरायलीहरूलाई इरानी नेता लुकेको ठाउँको जानकारी दिएको कतिपय विज्ञहरूले अनुमान गरेका थिए । तर, ह्वाट्सयापको माउ कम्पनी मेटाले त्यस यापमा हुने सबै संवादहरू एन्ड टु एन्ड इन्क्रिप्शन गरिएकाले कसैले पनि त्यसमा प्रवेश पाउन नसक्ने स्पष्ट पारेको थियो ।
त्यतिखेर इरानले केही समय देशभरि इन्टरनेट ब्लक गरिदिएको थियो । अमेरिकी यापहरूमार्फ संवेदनशील सूचना चुहिने डरले तेहरानले त्यो कदम चालेको थियो । त्यस प्रकरणपछि इरानले अमेरिकी प्रणालीमा निर्भरता ठीक नहुने पाठ पढेको थियो ।
हुन त इरानले जीपीएसको साटो बेदुको उपयोग गर्ने योजना वर्षौंदेखि बनाउँदै आइरहेको हो । सन् २०१५ देखि नै इरानले बेदुमा पहुँच पाउनका लागि चीनसँग सहकार्य गर्दै आएको बताइन्छ ।
चिनियाँ प्रविधिको सहायताले युद्धमा निर्णायक चोट पुर्याउन सफलता पाएसँगै इरानले डिजिटल सार्वभौमसत्ता कायम गर्नका लागि पनि बेदुलाई अपनाएको हो । वास्तवमा अमेरिकाले शत्रु घोषित गरेको मुलुक इरानले आफ्नो रणनीतिक पूर्वाधारलाई अमेरिकी प्रणालीसँग जोड्नु आत्मघाती कदम नै हो
सन् २०२१ सम्ममा इरानले बेदुको इन्क्रिप्टेड मिलिटरी ग्रेड सिग्नलहरूमा पहुँच पाइसकेको थियो । त्यसमार्फत उसले ड्रोन नेभिगेशन र क्षेप्यास्त्रको लक्ष्य निर्धारण गर्न सकेको थियो ।
बेदुको उपयोग गरेर इरानले सटीक ढंगले इजरायलमाथि ड्रोन र क्षेप्यास्त्र प्रहार गर्न सकेको हो । इरानको त्यस प्रहारले इजरायली शहरहरूमा रहेका सैन्य संरचना तथा तेल प्रशोधन केन्द्रहरूमा व्यापक क्षति पुगेपछि अमेरिकाले दुई देशबीच हतारहतार युद्धविराम गराएको थियो ।
यसरी चिनियाँ प्रविधिको सहायताले युद्धमा निर्णायक चोट पुर्याउन सफलता पाएसँगै इरानले डिजिटल सार्वभौमसत्ता कायम गर्नका लागि पनि बेदुलाई अपनाएको हो । वास्तवमा अमेरिकाले शत्रु घोषित गरेको मुलुक इरानले आफ्नो रणनीतिक पूर्वाधारलाई अमेरिकी प्रणालीसँग जोड्नु आत्मघाती कदम नै हो ।
इरानले अमेरिकी प्रविधिसँग सम्बन्ध विच्छेद गर्नुलाई नयाँ शीतयुद्धमा डिजिटल पूर्वाधार सम्बन्धी परिवर्तित रणनीतिका रूपमा पनि कतिपय विश्लेषकहरूले व्याख्या गरेका छन् । अमेरिकाले शत्रुको व्यवहार गरिरहेका मुलुकलाई पनि चीनले बेदु प्रणाली उपलब्ध गराइरहेको छ ।
अन्य मुलुकहरूमा पनि उसले यसको पहुँचलाई विस्तार गरिरहेको छ । बेदुका ३० भन्दा बढी भूउपग्रहहरूले १२० वटा राष्ट्र र भूभागमा काम गरिरहेका छन् ।
चीनको डिजिटल सिल्क रोड इनिसिएटिभको केन्द्रमा बेदु रहेको छ । आफ्ना साझेदार मुलुकहरूको महत्त्वपूर्ण पूर्वाधारमा बेदु भूउपग्रह प्रणालीलाई अभिन्न अंग बनाउनका लागि चीनले प्रयत्न गरिरहेको छ । जल संरक्षण, यातायात, कृषि र मौसम प्रणालीको निगरानीमा यसको उपयोग हुँदै आएको छ ।
चीनले सन् १९९० को दशकको आरम्भतिरबाट बेदु प्रणालीमा काम थालेको थियो । सन् १९९३ मा अमेरिकाले जीपीएस सिग्नल जाम गरिदिएपछि चीनको यिनह भन्ने व्यापारिक जहाज चल्नै नसकेको घटनाबाट प्रेरित भएर चीनले आफ्नो महत्त्वपूर्ण नेभिगेशनल नियन्त्रण शत्रुको हातमा दिन नहुने बहुमूल्य पाठ पढेको थियो ।
बेदुका भूउपग्रहहरूले सटीक रूपमा पोजिसनिङ गर्ने गरेका छन् । जीपीएसमा नभएको संक्षिप्त सन्देश प्रवाह गर्ने विशेषता बेदुमा छ । त्यसले सम्पर्कमा कठिनाइ निम्त्याउने प्रतिकूल परिस्थितिहरूमा पनि भरपर्दो विकल्प दिन्छ ।
यसले चीनको सफ्ट पावरलाई विस्तार पनि गरिरहेको छ । संसारभरिको सिग्नललाई कभर गर्न सक्ने र दुई अर्ब प्रयोगकर्ता भएको बेदुले कतिपय क्षेत्रमा जीपीएसको भन्दा उम्दा पोजिसनिङ र टाइमिङ दिन सक्ने भएकाले यसप्रतिको आकर्षण बढिरहेको छ । तर, विभिन्न मुलुकहरूले बेदु अपनाएर जीपीएसलाई विस्थापित गर्ने नभई दुवैलाई परिपूरकका रूपमा उपयोग गरिरहेका छन् ।
बेदु जोखिमरहित भने छैन । जीपीएसकै जस्तो गरी यसमा पनि भूउपग्रहनिरोधी हतियारको निशाना बन्ने कमजोरी विद्यमान छ । त्यसका साथै बेदुको हार्डवेयरमा गुप्तचरी गर्ने चिपहरू राखिएको हुन सक्ने भनी आलोचकहरू बताउँछन् । त्यसमा सुपरिवेक्षण गर्न नसक्ने मुलुकहरूको सबै डेटा चीनमा पुग्नसक्ने र चीनले त्यसलाई हतियार बनाउन सक्ने पश्चिमी विश्लेषकहरू तर्क गर्छन् ।
अमेरिकाले जीपीएसलाई हतियार बनाएकाले चीनले पनि त्यसै गर्ला भनी पश्चिमाहरूले ‘साइकोलोजिकल प्रोजेक्शन’ गरेका हुन सक्छन् । अमेरिकासँग सुमधुर सम्बन्ध नभएका देशका लागि जीपीएसको भरपर्दो विकल्प बेदु नै हो ।
विश्व व्यवस्था बहुध्रुवीय बन्दै जाँदा पश्चिमको नियन्त्रणमा रहेको प्राविधिक पूर्वाधारप्रतिको निर्भरतालाई विभिन्न मुलुकले परित्याग गर्न थालेका छन् । त्यसक्रममा भइरहेको डिजिटल सम्बन्ध विच्छेदले वैकल्पिक प्रणालीहरूप्रति आकर्षण बढाइरहेको छ ।
चीनको बेदुका साथै रुसको ग्लोनास र युरोपको ग्यालिलियोलाई पनि भूउपग्रहीय नेभिगेशनका लागि विभिन्न मुलुकहरूले उपयोग गरिरहेका छन् । तर, अमेरिकाले ग्यालिलियोलाई शत्रुहरूले उपयोग गर्न सक्ने भनी चिन्ता व्यक्त गरेको छ । आफूविरुद्ध ग्यालिलियो उपयोग गरिएमा त्यसलाई नष्ट गरिदिने भनी अमेरिकीहरूले चेतावनी दिएका छन् ।
इरानले बेदुको सुरक्षित, बाधारहित पोजिसनिङ र टाइमिङ सर्भिसमा पूर्ण पहुँच पाएको छ । त्यसलाई अमेरिकी सेनाले रोक्नछेक्न वा झुक्याउन सक्दैन । बेदुको उत्कृष्ट भौगोलिक पहुँच सुविधाका कारण इरानले आफ्ना दुर्गम क्षेत्रहरूमा अनुगमन पनि गर्न पाएको छ जबकि जीपीएसको पहुँच कतिपय क्षेत्रमा पुग्ने गरेको थिएन ।
चीन र रुससँग सम्बन्ध घनीभूत बनाउने तेहरानको नीतिलाई पनि यो प्राविधिक सहकार्यले थप मजबुत बनाएको छ । ती दुई देशले इरानलाई प्रविधि हस्तान्तरणका साथै पूर्वाधार निर्माणमा सहयोग गरेर पश्चिमको अन्यायपूर्ण प्रतिबन्ध र साइबर हस्तक्षेपबाट समेत जोगाइराखेका छन्
बेदुको सहायताले इरानले कृषि प्रयोजनका लागि ड्रोन व्यवस्थापन, जलक्षेत्रीय नेभिगेशन, अत्याधुनिक यातायात प्रणाली र विपत प्रतिकार्यमा पनि काम गर्न पाएको छ । यसले इरानको आर्थिक सबलता बढाउनुका साथै सार्वभौमसत्तालाई सुदृढ राख्न पनि योगदान गरिरहेको छ ।
बेदुलाई अपनाएर इरानले आफूलाई बेइजिङ नेतृत्वको व्यवस्थाको महत्त्वपूर्ण हिस्साका रूपमा उभिन खोजेको स्पष्ट संकेत दिएको छ । चीन र रुससँग सम्बन्ध घनीभूत बनाउने तेहरानको नीतिलाई पनि यो प्राविधिक सहकार्यले थप मजबुत बनाएको छ । ती दुई देशले इरानलाई प्रविधि हस्तान्तरणका साथै पूर्वाधार निर्माणमा सहयोग गरेर पश्चिमको अन्यायपूर्ण प्रतिबन्ध र साइबर हस्तक्षेपबाट समेत जोगाइराखेका छन् ।
कतिपय विश्लेषकहरूले यसलाई भूरणनीतिक पुनर्व्यवस्था (जियोस्ट्राटेजिक रिअर्डरिङ) का रूपमा पनि अर्थ्याइरहेका छन् । अमेरिकी भूउपग्रहहरूमाथिको निर्भरताले प्राविधिक जोखिम निम्त्याउने मात्र नभई भूराजनीतिक कमजोरी पनि उजागर गर्ने कटुसत्यलाई मुलुकहरूले बुझ्न थालेका छन् ।
अमेरिकाले ती कमजोरीहरूमा टेकेर युद्धमा अप्ठ्यारो पार्न सक्ने सम्भावनालाई उनीहरूले महसुस गरेकाले वैकल्पिक प्रणालीमा रुचि देखाई भूरणनीतिक निर्णय लिइरहेका हुन् । यसले अमेरिकी एकध्रुवीय प्रभुत्व क्षीण हुँदै गएको र बहुध्रुवीय प्राविधिक पूर्वाधार विकसित हुन थालेको स्पष्ट संकेत दिएको छ ।
विगतमा भूउपग्रहीय प्रणालीहरू नागरिक प्रयोजनका लागि उपयोग गरिने भए पनि अहिले त्यो रणनीतिक उपकरणमा परिणत हुन थालेका छन् । अन्य मुलुकहरूले पनि इरानबाट प्रेरणा लिएर जीपीएसको विकल्प खोज्छन् कि अमेरिकाले स्याटलाइट नेभिगेशनको कूटनीतिमा परिवर्तन ल्याएर मुलुकहरूलाई जीपीएसप्रति नै बफादार बनाइराख्छ ? यो अहिलेको महत्त्वपूर्ण प्रश्न हो ।
नेपालले जीपीएसमा उपलब्ध नभएको र बेदुमा रहेको ‘शर्ट मेसेज सर्भिस’ ले नेपालका दुर्गम क्षेत्रमा विपतको समयमा सञ्चार गर्न सहयोग गर्नेछ
नेपालले डिजिटल पूर्वाधारको विस्तार गरिरहेको अवस्थामा अमेरिकी नियन्त्रणको जीपीएसमा मात्र निर्भर नरही चीनको बेदु प्रणालीलाई पनि अँगाल्नु जरुरी छ । दुई साताअघि पर्यटकहरूको आकस्मिक उद्धार तथा सहायता प्रयोजनका लागि नेपालमा बेदु प्रणालीको उपयोग सम्बन्धी परियोजना आरम्भ गरिएको पनि छ ।
त्यसबाहेक नेपालले जीपीएसमा उपलब्ध नभएको र बेदुमा रहेको ‘शर्ट मेसेज सर्भिस’ ले नेपालका दुर्गम क्षेत्रमा विपतको समयमा सञ्चार गर्न सहयोग गर्नेछ । नेपालसँग बलियो भूउपग्रहीय सञ्चार पूर्वाधारको अभाव भएकाले २०७२ सालमा आएको विनाशकारी भूकम्पपछि उद्धारकार्यमा समन्वयमा बाधा आएको थियो । भविष्यमा नेपालले गर्ने विपत प्रतिकार्यका लागि बेदु उपयोगी साबित हुनेछ ।
त्यससँगै नेपालले बेदुको मल्टीफ्रिक्वेन्सी पोजिसनिङ सिग्नलमार्फत कृषिमा पनि लाभ उठाउन सक्छ । जंगल नजिकका र बादल लागिरहने ठाउँमा रहेका खेतमा बेदुका सिग्नलहरूले काम गर्ने भएकाले नेपालका उच्च पहाडी भूभागमा स्मार्ट कृषिका लागि यिनीहरू उपयोगी ठहरिन्छन् ।
चीनले नेपाललाई डिजिटल सिल्क रोड पहलमा सक्रिय रूपमा सहभागी गराउन खोजेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र विभिन्न सडकखण्ड जस्ता चिनियाँ लगानीका पूर्वाधार परियोजनामा बेदु प्रणाली राखिएकाले पनि यसलाई अँगाल्नु नेपालका लागि सान्दर्भिक ठहर्छ ।







प्रतिक्रिया