नेप्से बुल्स उत्पादन गर्ने सागर डिस्टिलरीले पायो आईपीओ निष्कासन अनुमति

966
Shares

काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सागर डिस्टिलरीलाई आईपीओ निष्कासन अनुमति दिएको हो ।

बोर्डले प्रतिकित्ता १०० रुपैयाँका दरले १४ लाख ५२ हजार कित्ता सेयर निष्कासन अनुमति दिएको हो ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।