चार दिनमा सुनको भाउ ४ हजारले घट्यो, चाँदीमा के भयो?

420
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य चार कारोबार दिनमा प्रतितोला ४ हजार रुपैयाँले घटेको छ । त्यहीबीच चाँदीको भाउ भने बढेको देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन ७ गते छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँ थियो । तर सोमबारसम्म आइपुग्दा सो मूल्य घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा झरेको छ ।

आइतबार र सोमबार लगातार दुई दिन सुनको मूल्य स्थिर रहँदा कारोबार पनि सोही दरमा भएको महासंघले जनाएको छ ।

वैशाख ९ गते नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेर प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै, चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँ बढेर २ हजार २ सय ९५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।