सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

287
Shares

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि शुक्रबार तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ हजार १०० रुपैयाँ घटेको हो । यससँगै आज सुनको मूल्य तोलामा १ लाख ९३ हजार ६०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य आइतबार तोलामा २ हजार २९० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी २ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो । चाँदी आइतबार तोलामा ५० रुपैयाँ घटेको छ ।