
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले आगामी एक दशकमा अर्थतन्त्रको आकार १ सय अर्ब डलरसहित दोहोरो अंकको आर्थिक बृद्धिदर गर्न सकिने कार्ययोजना तय गरेर जानुपर्ने जानकारी प्रधानमन्त्रीलाई गराएको छ ।
लक्षित अर्थतन्त्रको आकार पूरा गर्न र अर्थतन्त्रका ८ वटा क्षेत्रलाई प्राथमिकता राखेर काम गर्नुपर्ने छ भने यसका लागि सरकारले कानूनी सुधारलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औल्याएर सो को जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराएको छ ।
परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले परिसंघले सरकारसँगको सहकार्यमा आयात प्रतिस्थापन गर्ने उद्देश्यले मेक इन नेपाल स्वदेशी अभियान संचालन गरिरहेको बताए ।
उनले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर र दोहोरो अंकको आर्थिक बृद्धि गराउने लक्ष्य राखेको जानकारी प्रधानमन्त्री ओलीलाई गराए । यसका लागि ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको पनि उनले बताए ।
सरकारले कानुनी एवं नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राखेको अवस्थामा अर्थतन्त्रको आकारसहितको आर्थिक बृद्धिदरको लक्ष्य पूरा हुने विश्वास पनि सीएनआइको छ ।
परिसंघको नवनिर्वाचित पदाधिकारीले सभामुख देवराज घिमिरेलाईसमेत भेटेर निजी क्षेत्रको लगानी प्रबद्र्धन गर्ने गरी कानुनहरु ल्याउन आग्रह गरेका परिसंघले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलसँग छुट्टा छुट्टै भेट गरी अर्थतन्त्रको वर्तमान अवस्था, कानुनी एवं नीतिगत सुधार, बजेटको प्रभावकारी कार्यान्वयनलगायतका विषयमा छलफल गरेको छ ।
सीइनआइसँगको भेटमा धानमन्त्री ओलीले देशलाई उत्पादनको थलो बनाई औद्योगिकरणमा लैजान आवश्यक रहेको बताए ।
उनले सामान आयात गरी नाफा आर्जन गर्नेतर्फ भन्दा देशमै उत्पादन बढाई निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
सरकारले कानुनी एवं नीतिगत सुधार गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्न खोजिरहेको उनले उल्लेख गरे । भान्सामा प्रयोग हुने वस्तुदेखि अन्य वस्तुहरु नेपाली होस् भन्ने आफ्नो चाहना रहेको उहाँले बताउनुभयो । स्वदेशी वस्तु उत्पादन र प्रयोगले मात्रै आयात प्रतिस्थापन गर्न सक्ने प्रधानमन्त्रीले बताए ।










प्रतिक्रिया