
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई पे र खल्तीबीचको मर्जरले सरकारको डिजिटल यात्रामा अगाडि बढ्न मद्दत गर्ने बताएका छन् । आईएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालले बिहिबार आईएमई पे र खल्तीबीचको मर्जर कार्यक्रममा यस्तो बताएका हुन् ।
आईएमई डिजिटल सोलुसन र खल्ती प्राइभेट लिमिटेड मर्ज भएर बनेको ‘आईएमई खल्ती लिमिटेड’ले डिजिटल यात्रामा सहयोग गर्ने उनको भनाइ छ ।
‘यो मर्जरले आम नागरिकलाई धेरैभन्दा धेरै सेवा र सुविधा दिनेछ । दुवैतिरको सेवालाई मिलाएर दिँदा आम नागरिकले झनै राम्रो र गुणस्तरीय सेवा पाउनेछ,’ ढकालले भने, ‘सरकारले जुन किसिमको डिजिटल नेपालको यात्राको कुरा गरेर अगाडि बढेको छ यसलाई पनि यो मर्जरले महत्त्वपूर्ण योगदान पुर्याउने देखिन्छ ।’
उनले साइबर सुरक्षा, फ्रड, ठगीको जोखिमलाई पनि नियामक तथा सबैले ध्यान पुर्याउन आवश्यक भएको बताए । यी कुरामा ध्यान पुर्याएमा सरकारको उद्देश्य पनि पूरा हुनेछ भने डिजिटल यात्रामा अगाडि बढ्न थप मद्दत पुग्ने उनको भनाइ छ ।










प्रतिक्रिया