होपफुल हराईजन र प्रभु बैंकबीच छुट सम्झौता


काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई ललितपुरको झम्सिखेलमा रहेको होपफुल हराईजन नेपालमा मानसिक स्वास्थ सम्बन्धि सेवाहरुमा विशेष छुट सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बुधबार एक समारोहकाबीच होपफुल हराईजनका तर्पmबाट डा. प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमूख मार्केटिङ्ग अफिसर रमेश कुमार श्रे्रष्ठले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक होपफुल हराईजनमा पेश गर्नुपर्ने छ ।

होपफुल हराईजन नेपालको एक दक्ष एवं अनुभवी विषेशज्ञहरुको टोलिद्धारा निजी क्षेत्रबाट सञ्चालित मानसिक स्वास्थ सेवा प्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ सम्बन्धि सेवाहरु उपलब्ध गराउँदै आईरहेको छ ।

ग्राहकहरुको रोजाईको अग्रणि बैंकको रुपमा रहेको तथा “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहक छन्।