सिटी एक्सप्रेस मनि ट्रान्सफर स्थापनाको १८ वर्ष पुरा, रक्तदान कार्यक्रम आयोजना

77
Shares

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफर स्थापनाको १८ वर्ष पुरा भएको छ । १९ औं वार्षिकोत्सवको अवसरमा कम्पनीको केन्द्रिय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

सिटी एक्सप्रेसले ‘रक्तदान जीवनदान – हामी सबैको योगदान’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कम्पनीले कमलादी स्थित आफ्नै मुख्य कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गर्दै वर्षका उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत पनि गरेको छ । कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिति थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १८ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुरु गरेको छ साथै सिटी पे बाट रेमिट्यान्स भुक्तानी पनि गर्न सकिन्छ ।