
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कृषि फसल, कृषि योग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैं मूल्यांकन गरी १० लाख रुपैयाँसम्मको कृषि वा व्यवसायी कर्जा प्रवाह गर्न सक्ने भएका छन् ।
शुक्रबार नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।
‘बैंक तथा वित्तीय संस्थाले कृषि फसल, कृषि योग्य जमिन र कृषि व्यवसाय संरचनका धितो आफैं मूल्यांकन गरी १० लाख रुपैयाँसम्मको कृषि वा व्यवसायी कर्जा प्रवाह गर्न सकिने छ,’ मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले भने ।
उनले कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायमा कर्जा सहजीकरण गरी न्यून र मध्यम आए भएका घरपरिवारको जीनवस्तर सुधार गर्ने उद्देश्यले यो व्यवस्था गरिएको बताए ।
‘यसरी प्रवाह गरिएको कर्जा ग्रेस अवधिमा न्यूनतम कर्जा नोक्सानी व्यवस्था गरिनेछ । बैंक तथा वित्तीय संस्थाले बाली, खाद्यन्न, पशुपन्छी माछा पालन लगायत कृषि व्यवसायसँग सम्बन्धीत कार्यका लागि विभिन्न व्यक्ति तथा व्यवसायी फर्मलाई सफल उत्पादनसँग तालमेल गर्नेगरी विभिन्न अवधि र प्रकृतिको व्यवस्थालाई सप सहजीकरण गर्दै प्रभावकारी अनुगमन गरिनेछ,’ मौद्रिक नीतिमा भनिएको छ ।










प्रतिक्रिया