रसुवा बाढी: नौजनाको उद्धार, १८ जना बेपत्ता, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

301
Shares

काठमाडौं । नेपाल–चीनको सिमानाको लेंदे खोलामा गए राति आएको भीषण बाढीले रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ टिमुरेस्थित इभी चार्जिङ स्टेसनमा रहेका करिब आठवटा गाडी बगाएको छ ।

सशस्त्र प्रहरी बल नेपालका अनुसार बाढीले भन्सार कार्यालय रसुवाको यार्डमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका आठ–नौवटा लोड गरिएका कन्टेनर डिब्बा बगाएको छ ।

बढीले रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुर्याएको जानकारी दिइएको छ ।

खोलामा बढी आएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट सहायक प्रहरी निरीक्षक रवीन्द्र दाहालको कमाण्डमा तालिमप्राप्त सातसहित २१ जनाको टोली खटाइएको सशस्त्र प्रहरी बलका नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

थापाका अनुसार ईलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारको लागि खटिएका प्रहरीमध्ये प्रहरी सहायक निरिक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहरा सम्पर्क बिहिन भएका छन् ।

थापाकाअनुसार बाढीमा परेर तीन प्रहरी, ६ जना चाइनिज कामदार र ९ जना गरी १८ जना सम्पर्क विहिन भएका छन् । बाढीमा फसेकालाई उद्धार गर्न ९४ जनाको प्रहरी टोली उक्त क्षेत्रमा परिचालन गरिएको छ ।

भोटेकोशीको बहाब कायमै रहेकाले उद्धार सामग्रीसहित खटिएका टोली घटनास्थल क्षेत्रमा पुग्ने प्रयास गरिरहेको जानकारी दिइएको छ । प्रहरीका अनुसार लेंदे खोलाको बाढीले मितेरी पुल बगाएको छ । बाढी बिहान करिब ३ बजे आएको थियो ।

रसुवा गोसाइँकुण्ड गाउँपालिका–२ तातोपानीस्थित पासाङल्हामु राजमार्गअन्तर्गत स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक कटान र पहिरोका कारण सडक अवरुद्ध रहेको जानकारी दिइएको छ । सडक अवरुद्धका कारण सवारी साधन ओहोर दोहोर पूर्ण रुपमा बन्द छ ।

यस्तै बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको छ । सम्पर्कविहीन भएका ३७ जनामध्ये हराइरहेका २२ जना सुरक्षित ठाउँमा सकुशल रहेको अन्य १५ जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।

हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टर तयारी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ । हेलिकप्टर भने नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको जनाएको छ ।