
काठमाडौं । त्रिशुली नदीमा आएको बाढीमा फसेका स्थानीय बासिन्दालाई उद्धार गर्न हेलिकप्टर परिचालन हुने भएको छ ।
बिदुर नगरपालिका १ त्रिशुली, बसपार्कनजिकै त्रिशुली नदीको बिचमा एक पुरुष र एक महिला फसेका हुन्।
उनीहरु बिहान दाउरा संकलन गर्न पुगेका थिए। तर, बाढीले नदीको सतह बढेपछि उनीहरु रुख चढेर बसेका हुन्। अहिले घटनास्थलमा सुरक्षा कर्मी र स्थानीय पुगेका छन् भने उद्धारका लागि हेलिकोप्टर पुगेको छ।








प्रतिक्रिया