
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हालको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन् । सोमबार जन्मदिनको अवसरमा निर्मल निवासमा आयोजित शुभकामना ग्रहण कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै पूर्वराजाले अहिले वर्षाको समय भएकाले सचेत हुनुपर्ने बताए ।
उनले हाल वर्षाको मौसम भएकाले बाढी, पहिरो र डुबानजस्ता विपद्को सम्भावनाबारे सचेत रहन आग्रह गरे। ‘पानीजन्य रोगहरू पनि फैलिन सक्छन्,’ उनले भने, ‘सबै दाजुभाइ दिदीबहिनीहरू सतर्क र सजग भएर बस्नुपर्छ ।’
शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने बताए । ‘नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन,’ उनले भने, ‘नेपाल नै हामीभित्र हुनुपर्छ अनि मात्र हामी नेपाली हुन्छौं ।’
जन्मदिनसँगै आफूसँगै यो दिन अरूको पनि विशेष दिन हुनसक्ने भन्दै उनले सबैलाई शुभकामना दिए ।








प्रतिक्रिया