
काठमाडौं । मुलुकभर ४१.९ प्रतिशतका दरले पाँच लाख ८० हजार हेक्टर क्षेत्रफलमा धानवालीको रोपाइ सम्पन्न भएको छ ।
आइतबारसम्म पाँच लाख ८० हजार ८८६ हेक्टर क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको बाली विकास निर्देशनालयले जनाएको छ ।
गत वर्ष यो अवधिमा भने ४३.५ प्रतिशत धान रोपाइ सम्पन्न भएको थियो । यो वर्षको अहिलेसम्म सवैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ८२.८ प्रतिशतका दरले एक लाख ४५ हजार ९३२ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ ।
यस्तै कर्णाली प्रदेशमा ७१.७ प्रतिशतका दरले २९ हजार २२९ हेक्टर क्षेत्रफलमा धान रोपाइ सकिएको छ ।
लुम्बिनी प्रदेशमा ५२.१ प्रतिशतका दरले एक लाख ५७ हजार ८५७ हेक्टर क्षेत्रफलमा धान रोपाइ भएको छ । यस्तै गण्डकी प्रदेशमा ५५.६ प्रतिशतका दरले ५२ हजार ३५३ हेक्टर क्षेत्रफलमा धान रोपाई सकिएको निर्देशनालयले जनाएको छ ।
बागमती प्रदेशमा ५१.९ प्रतिशतका दरले ६२ हजार ५६१ हेक्टर क्षेत्रफलमा, मधेश प्रदेशमा १३.६ प्रतिशतका दरले ५१ हजार २ सय ५० हेक्टरमा र कोशी प्रदेशमा २९.५ प्रतिशतका दरले ८१ हजार ६३५ हेक्टर क्षेत्रफलमा धान रोपाइ सम्पन्न भएको छ ।








प्रतिक्रिया