पाँचतारे होटलमा १२ रुपैयाँमै खाना, कसले लिन पाउँछन् दैनिक यस्तो सुविधा ?

6.8k
Shares

काठमाडौं । पाँचातारे होटलमा १२ रुपैयाँमै खाना खान पाइन्छ भन्दा जो कोहीलाई अचम्म लाग्न सक्छ ।

होटलमा प्रवेश गर्ने जो कोही पाहुँनाले ३ हजार रुपैयाँभन्दा बढी तिर्नुपर्ने खाना १२ रुपैयाँमै पाइन्छ भन्दा पत्यार नलाग्न पनि सक्छ । तर राजधानीकै पाँचतारे होटल मल्लमा १२ रुपैयाँमा खाना पाइन्छ ।

तर, यो सुविधा सबैका लागि भने होइन । होटलले पाहुनाका लागि भन्दा पनि त्यहाँ कार्यरत कर्मचारीका लागि यस्तो सुविधा उपलब्ध गराएको हो । होटलले कर्मचारीलाई थोरै योगदान गर्न लगाएर सस्तोमै खाना सुविधा दिएको होटलले उल्लेख गरेको एक डकुमेन्टमा उल्लेख छ ।

यो योजना श्रमिक कल्याणलाई ध्यानमा राखी गरिएको हो, जसमा कर्मचारीहरूले थोरै मात्र रकम तिरेर गुणस्तरीय भोजन सुविधा प्राप्त गर्नेछन् । यसले उनीहरूको स्वास्थ्य, कार्यक्षमता तथा सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ ।