
काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई जिल्ला अदालत काठमाडौंले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
साइबर अपराध सम्बन्धी मुद्दामा बिहीबार अदालतमा उपस्थित भएका पाठकमाथि न्यायाधीश खेमराज भट्टराईको इजलासमा थुनछेक बहस भएको थियो । बहसपछि इजलासले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
नेपाल प्रहरीको साइबर ब्यूरोले १६ असारमा युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको थियो । ब्यूरोले पक्राउ पुर्जीसमेत जारी गरेको थियो तर उच्च अदालतको ५ असारको आदेशका कारण उनलाई तत्काल पक्राउ गरिएको थिएन ।
पक्राउ नगरी अनुसन्धान अगाडि बढाएको प्रहरीले हिल्टन होटलसम्बन्धी भिडिओमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई जोडिएको विषयमा उजुरी परेपछि साइबर ब्यूरोमार्फत मुद्दा अघि बढाएको हो ।








प्रतिक्रिया