
काठमाडौं । गायिका एलिना चौहानप्रति सामाजिक सञ्जालमा अमर्यादित टिप्पणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोले गुञ्जन राई नाम गरेका व्यक्तिलाई ललितपुरबाट पक्राउ गरेको हो ।
गायिका चौहानले चार जनाविरुद्ध साइबर ब्युरोमा उजुरी दिएकी थिइन् । तीमध्ये केही व्यक्तिहरु विदेशमा रहेको तथ्य खुलेको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालमार्फत अमर्यादित टिप्पणी गर्नेहरुको विवरण चौहानसहितका महिला कलाकारले सार्वजनिक गरिरहेका छन्।








प्रतिक्रिया