अमेरिकाले रोक्यो युक्रेनलाई पठाउन लागेको हतियार, आफैंलाई जगेडा राख्नुपर्ने तर्क


एजेन्सी । अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले युक्रेनलाई पठाउन लागेको हवाई प्रतिरक्षा क्षेप्यास्त्र र सटीक प्रहार गर्ने बमहरू रोकिदिएको पोलिटिको न्युज वेबसाइटले खबर दिएको छ ।

आफ्नै हतियार भण्डार रित्तिँदै गएको बेलामा युक्रेनलाई हतियार पठाउन musang4d नहुने तर्क गर्दै हतियारको खेप रोकिएको हो ।

पेन्टागनका नीति प्रमुख एल्ब्रिज कोल्बीले यसको निर्णय लिएका हुन् । हतियारहरूको संख्यालाई समीक्षा गरेपछि यो निर्णय लिइएको हो ।

आर्टिलरीका गोलीहरू, हवाई प्रतिरक्षा क्षेप्यास्त्रहरू र सटीक प्रहार गर्ने बमहरूको संख्या एकदमै कम रहेकाले चिन्ता उत्पन्न भएको छ ।

पूर्ववर्ती बाइडन प्रशासनले गरेको हतियार दिने निर्णयलाई रोक्ने विषयमा जुन महिनाको सुरुतिर विचार गरिएको थियो । तर, अहिले आएर त्यसलाई कार्यान्वयन गरिएको हो । रुसले युक्रेनविरुद्ध क्षेप्यास्त्र र ड्रोनहरूको वर्षा गरिरहेको बेलामा अमेरिकाको यस्तो निर्णय आएको हो ।

पेट्रियट हवाई प्रतिरक्षा प्रणाली, प्रिसिजन आर्टिलरी गोलीहरू, हेलफायर र अन्य क्षेप्यास्त्रका साथै ड्रोनहरू युक्रेन नपठाइने भएको हो ।

यसको असर युक्रेनी युद्धभूमिमा अवश्य पर्नेछ ।