खोकना र बुङ्‍मतीमा रोपाइँको रौनक(तस्बिरहरू)


काठमाडौं । तीव्र शहरीकरणका कारण काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन कम हुँदै गइरहेको छ । त्यसमा पनि धान रोपाइँ गर्ने ठूला फाँटहरु त देख्नै मुस्किल हुन थालेको छ ।

यद्यपि केही ठाउँमा मानिसहरुले धान रोपाइँलाई निरन्तरता दिइरहेका छन् । ललितपुरको बुङ्‍मती र खोकनाका स्थानीय यतिबेला धान रोपाइँमा व्यस्त छन् । समयमै पर्याप्त वर्षा भएकाले रोपाइँ सहज भएको छ ।

असार १५ लाई देशभर राष्ट्रिय धान दिवसको रुपमा पनि मनाइन्छ । किसानहरूका लागि यो दिन वर्षभरिकै मुख्य दिन हो । आज असार १५ गते २२ औं राष्ट्रिय धान दिवस ‘धान बालीमा खाद्य सुरक्षा र आत्मनिर्भरता’ नाराका साथ मनाइँदै छ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी