काठमाडौंमा ‘म्याङ्गो फेस्ट’: ७९ देखि किलोको ४ लाख रुपैयाँसम्मका आँप पाइने (तस्बिरहरू)

1.1k
Shares

काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित वाल्नट बिस्ट्रोमा शुक्रबारदेखि तीनदिने ‘नेपाल म्याङ्गो फेस्ट २०२५’ सुरु भएको छ।

नेपाली आँपको विविधता, स्वाद र मूल्य शृंखला प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् ।

फेस्टिभलमा आँप खाने प्रतियोगिता आकर्षणको विषय बनेको छ । कार्यक्रममा जापानबाट आयात गरिएको अत्यन्तै महँगो ‘ताईयो नो टोमागो’ जातको आँप पनि प्रदर्शन गरिएको छ, जसको मूल्य प्रतिकिलो ३ देखि ४ लाख रुपैयाँसम्म पर्ने बताइएको छ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी