
काठमाडौं । पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दर्ता भएपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज विशेष अदालतमा उपस्थित भए ।
विशेष अदालतको इजलास नम्बर २ मा न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बहस भइरहेको हो ।
नेपालको मुद्दामा थुनछेक बहस सुरु भएको छ ।
निकै चासोका साथ हेरिएको यो मुद्दाको बहस विशेष अदालत प्रांगणमा बेन्च राखेर प्रत्यक्ष सुन्न/हेर्न मिल्ने व्यवस्था गरिएको छ । विशेष अदालत परिसरमा मानिसहरुको निकै घुइँचो देखिएको छ ।
नेपालको पक्षमा बहस गर्न एक सय भन्दा बढी वकिलले नाम टिपाएका छन् । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्षसमेत रहेका नेपाल बयान दिन आज विशेष अदालतमा उपस्थित भएका हुन् ।




















प्रतिक्रिया