
काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेलेको दुई ठाउँमा जग्गा र दुईवटा घर रहेको छ ।
पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार श्रीमती प्रतिभा शर्माको नाममा घर जग्गा रहेको छ । प्रतिभाको नाममा ललितपुरमा २७ सय ९५ वर्गफिटमा र नवलपरासीमा २५ सय वर्गफिटमा फैलिएको घर रहेको छ ।
सोही जग्गामा घर रहेको पनि गभर्नरको सम्पत्ति विवरणमा उल्लेख छ ।
प्रतिभाले ललितपुरमा १ करोड ५५ लाखमा नवलपरासीमा ६० लाखमा जग्गा खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।








प्रतिक्रिया