
काठमाडौं । नेपाली कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको फैसला उल्टाउँदै लामालाई सफाई दिएको हो ।
विशेष अदालतले लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा करिब ७ वर्षअघि २०७५ साउन २४ मा दोषी ठहर गरेको थियो । उनलाई १ वर्ष कैद, बिगो बराबरको सम्पत्ति जफत गरी त्यति नै जरिवाना गरिएको थियो ।
विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको सम्पत्तिमध्ये १ करोड ४० लाख ५० हजार रुपैयाँ अवैध ठहर गरेको थियो । लामाले आपराधिक क्रियाकलापबाट रकम कमाएको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १२ वर्ष अघि २०७० जेठ ५ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले कम सजाय गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग सर्वोच्च अदालत गएको थियो । तर, विभागको पुनरावेदनमा सर्वोच्चले जिकिर नपुग्ने ठहर गर्दै लामालाई सफाई दिएको हो ।










प्रतिक्रिया