
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ४ करोड २ लाख रुपैयाँको भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको छ ।
अधिवक्ता युवराज सफलले महानगरको भवन मर्मत र लिफ्ट जडानमा बालेनले अनियमितता गरेको भन्दै अख्तियारमा उजुरी दिएका छन् । यसअघि सफलले नै लिफ्ट जडानमा १ करोड रुपैयाँ बढीको भ्रष्टाचार भएको उजुरी दिएका थिए । तर उनले फेरि रकम थप गरेर अर्को उजुरी दिएका हुन् ।
मेयर बालेनमाथि काठमाडौं प्लाजास्थित महानगरको भवन मर्मत र लिफ्ट जडानमा बिनाप्रतिस्पर्धा पुमा निर्माण कम्पनीलाई दिएर ४ करोड २ लाख रुपैयाँ घोटाला गरेको आरोप उजुरीमा लगाइएको छ ।
महानगरको सार्वजनिक निर्माण बिभागले दिएको सूचनामा भवन निर्माण र नयाँ लिफ्ट जडानको लागि राष्ट्रिय दैनिकमा बोलपत्र आव्हान गरेको तर बोलपत्रमा पुमा लक्ष्मी निर्माण सेवाले मात्र भाग लिएको कारण उसैलाई बिना प्रतिस्पर्धा ४ करोड २ लाखको टेण्डर दिएको उजुरीमा उल्लेख छ । काठमाडौं जस्तो ठाउँमा ४ करोड २ लाखको टेण्डर खुल्दा कुनै पनि कम्पनीले भाग लिदैनन् ? के काठमाडौं कर्णाली होर ? एउटा मात्र बोलपत्र परेपछि त्यसलाई रद्द गरि रि टेण्डर गर्न पर्ने होइन र ?’ भन्दै उजुरीमा प्रश्न गरिएको छ ।









प्रतिक्रिया