
एजेन्सी । विश्वकै चौथो धनी व्यक्ति तथा अमेजनका मालिक जेफ बेजोसले आफ्नी प्रेमिकासँग अब छिट्टै बिहे गर्ने भएका छन् । यसअघिको वैवाहिक सम्बन्ध टुटेपछि लरेन सान्चेजसँग प्रेम सम्बन्धमा रहेका बेजोसले यही साता इटालीको ऐतिहासिक सहर भेनिसमा विवाह गर्दै छन् ।
११० वटा टापुहरुको यो सहर ऐतिहासिक क्षेत्र पनि हो । जुन जम्मा २ वर्ग माइल भूगोलमा समेटिएको छ । र विवाह समारोह ५०० अमेरिकी डलरको सुपरयाच अर्थात् विशेष किसिमको जहाजमा आयोजना गर्ने तयारी भएको बताइएको छ ।
कोरु नमको यो महँगो जहाज यस्तै प्रकारका पानीजहाज विश्वकै दोस्रो ठूलो मानिन्छ । तर बिहेका अन्य कार्यक्रमहरु भने पानीजहाज बाहेक भेनिस सहरमै गरिन्छ । तर यो महँगो भव्य विवाहको बावजुद स्थानीय समूहहरुले ‘नो स्पेस फर बेजोस’ शीर्षकको बिरोध अभियान चलाइरहेका छन् । यद्यपि, बेजोसको बिहेको मिति, खर्च, यसको ढाँचा पाहुना लगायत धेरै विषयहरुमा बेजोसले आधिकारिक रुपमा केही जानकारी दिएका छैनन् । यसबारे धेरै कुरा रहस्यमै छन् ।
बेजोसको बिहेको विरोध गर्ने को हुन् र किन गरिरहेछन् ?
कतिपय स्थानीय समूहले बेजोसको विरोध गर्नुको कारण हो, उक्त टापुलाई नै बेजोस एक्लैले बिहेका लागि भाडामा लिएका छन्।
स्थानीयहरुले त ‘नो स्पेस फर बेजोस’ अर्थात् बेजोसका लागि ठाउँ छैन भनेर लेखिएका ब्यानर सहरभरी प्रदर्शन गरिरहेका छन्।
कतिपय प्रदर्शनकारीले भने बाहिरको व्यक्ति आएर बिहे गर्दा उक्त सहर प्रदुषित हुने भएकाले बाहिरी व्यक्तिलाई उक्त ऐतिहासिक क्षेत्रमा बिहे गर्न दिनु उपयुक्त नहुने बताइरहेका छन् । साथै यो बाह्य शोषण हुने भन्दै कतिपय त बिहे रोक्न नै लागिपरेका छन् ।
विरोध प्रदर्शनका कतिपय अगुवाहरुले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बेजोसको सम्बन्ध र ट्रम्पको व्यापार नीतिमा बेजोसको समर्थनलाई लिएर आपत्ति जनाइरहेका छन् ।
बेजोसको बिहेमा कति जना सहभागी हुँदैछन् ?
बेजोसको बिहेमा हलिउडका विश्व प्रसिद्ध गायक तथा कलाकार उपस्थित हुने छन् । जसमध्ये लियोनार्दो दिक्याप्रियो, केटी पेरी, इभा लोंगोरिया, किम कार्दसियन लगायत छन् । यसवाहेक, डोनाल्ड ट्रम्प, र उनका छोरी र ज्वाइँ इभान्का र जार्ड पनि आउने तय भएको बताइन्छ ।
यस्तै यिबोन्से र मिक जेगरले पनि विवाह समारोहमा उपस्थिति जनाउने न्युयोर्क टाइम्सले जनाएको छ ।
यसैगरी बेजोसकी पूर्वपत्नी म्याककेन्जी स्कटसँगका सन्तानहरु पनि बिहेमा उपस्थित हुने समाचारहरु आएका छन् । बिहेमा कम्तिमा २ सय पाहुना आउने बताइएको छ ।
कहिले हुँदैछ विवाह ?
सिएनएनमा प्रकाशित समाचार अनुसार उनीहरुको बिहे जुन २४ देखि जुन २६ सम्म हुनेछ । जवकि अन्य कतिपय मिडियाले जुन २६ देखि जुन २९ सम्म उनीहरुको बिहे हुने दाबी गरेका छन् ।
बिहेमा कति खर्च हुनेछ ?
विवाहको खर्च यकिन रुपमा नआए पनि धेरैजसो सार्वजनिक समाचार अनुसार उनको विवाहमा दसौं लाख अमेरिकी डलर खर्च हुने बताइएको छ ।
यस्तै २ सय जना पाहुनाको लागि बेजोसले ४० लाख डलर खर्च गर्ने भने खुलासा भएको छ । यद्यपि अन्य खर्चहरुबारे सार्वजनिक भएको छैन ।
कसले आयोजना गर्दैछ बिहे ?
बेलायतमा रहेको लान्जा एन्ड बौसिना ग्रुपले बेजोस र सान्चेजको बिहे समारोह आयोजना गर्ने बताइएको छ । जवकि यो बिजनेस ग्रुपले भेनिसमै २०१४ मा जर्ज र अमल क्लुनीको बिहे आयोजना गरेको थियो ।
यसैगरी स्थानीयहरुबाट विरोध भएपछि बेजोसले आयोजकलई सहरका बासिन्दाको सम्मानका लागि र होहल्ला कम गर्नका लागि तडकभडक कम गर्न आग्रह गरेका छन् ।
फोर्ब्सका अनुसार बेजोस २२५ अर्ब अमेरिकी डलर सम्पत्तिसहित विश्वकै चौथो धनी व्यक्ति हुन् । जवकि मार्क जुकरबर्गले उनीभन्दा एक तह अगाडि छन् ।
फोर्ब्स अनुसार पहिलो एलन मस्क, दोस्रो लेरी एलिसन, तेस्रो मार्क जुकरबर्ग र चौथोमा जेफ बेजोस छन् ।
बेजोस र सान्चेजले करिब १० वर्षअघि पहिलो पटक भेटेका थिए । र २०१९ पछि उनीहरु सार्वजनिक कार्यक्रममा सँगै देखिन थाले । जतिबेला उनीहरु डेटिङ गरिरहेका थिए । २०२३ मा भने उनीहरुले इंगेजमेन्ट गरेका थिए । त्यसबेला बेजोसले सान्चेजलाई ३० क्यारेटको पिंक डायमन्ड लगाइदिएका थिए । भेनिसमा उनीहरुको विवाह अनपेक्षित भने होइन ।
प्रतिक्रिया