विश्वका सबभन्दा शान्त देशहरूको सूची सार्वजनिक, नेपाल कतिऔं स्थानमा ?

476
Shares


एजेन्सी । संसारमा भूराजनीतिक तनाव र आर्थिक अनिश्चितता बढिरहेको बेलामा विश्व शान्ति पोहोरको तुलनामा ०.३६ प्रतिशतले घटेको विश्वव्यापी शान्ति सूचकांक २०२५ ले औंल्याएको छ ।

इन्स्टिच्युट फर इकोनोमिक्स यान्ड पीसले सार्वजनिक गरेको ग्लोबल पीस इन्डेक्सले संसार पहिलेभन्दा कम शान्तिपूर्ण बन्दै गएको देखाएको छ । दोस्रो विश्वयुद्धपछि नै अहिलेको अशान्ति सबभन्दा उच्च स्तरमा रहेको उक्त प्रतिवेदनले देखाएको छ ।

आइसल्यान्ड सबभन्दा शान्त मुलुकका रूपमा रहेको छ भने रुस सबभन्दा अशान्त मुलुक हो ।

आइसल्यान्डपछि आयरल्यान्ड, न्युजील्यान्ड, अस्ट्रिया, स्विटजरल्यान्ड, सिंगापुर, पोर्चुगल, डेनमार्क, स्लोभेनिया र फिनल्यान्ड रहेका छन् ।

नेपाल ७६औं स्थानमा छ । दक्षिण एसियामा भुटानपछि नेपाल सबभन्दा शान्त मुलुक हो । भुटान २१औं स्थानमा छ ।
छिमेकी मुलुक भारत ११५औं स्थानमा हुँदा चीन ९८औं स्थानमा छ ।

सबभन्दा अशान्त मुलुकको सूचीमा रुस पहिलो स्थानमा छ । त्यसपछि युक्रेन, सुडान, कंगो, यमन, अफगानिस्तान, सिरिया, दक्षिण सुडान, इजरायल र माली रहेका छन् ।