एकीकृत समाजवादीका सांसद मेटमणिविरुद्ध साढे ५ करोडको चेक अनादरमा जाहेरी


फाइल तस्बिर

दाङ । सांसद मेटमणि चौधरीविरुद्ध चेक अनादरमा जाहेरी परेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रमुख सचेतकसमेत रहेका चौधरीविरुद्ध दाङ जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको हो । उनी प्रतिनिधिसभा सदस्यको रूपमा दाङ क्षेत्र नं. १ बाट निर्वाचित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङले चौधरीविरुद्ध हुलाकमार्फत चेक अनादर सम्बन्धी उजुरी आएको जानकारी दिएको छ ।

चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरमा उजुरी परेको हो ।

हुलाकबाट उजुरी आए पनि त्यसको प्रमाणीकरण प्रक्रिया भने बाँकी रहेको प्रहरीले जनाएको छ। अनुसन्धानपछि मात्र मुद्दा दर्ता प्रक्रिया टुंगोमा पुग्ने प्रहरीको भनाइ छ ।