राजुनाथ पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश


काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई पुनः आफ्नो पदमा फर्काएर काम गर्न दिने अन्तरिम आदेश दिएको छ।

न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेले दायर गरेको रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म उनलाई निलम्बन नगर्न र वर्तमान पदमै यथावत् राख्न महानगरपालिकालाई निर्देशन दिएको हो।

अदालतको आदेशमा भनिएको छ, ‘प्रस्तुत निवेदनको टुंगो नलागेसम्म निवेदकलाई तत्काल निलम्बन गर्नुपर्ने अवस्था देखिएन। त्यसैले महानगरपालिकाले जेठ २० गते जारी गरेको निलम्बन पत्र कार्यान्वयन नगरी निवेदकलाई पदमै रही काम गर्न दिनु उपयुक्त ठहरिन्छ।’