संस्थापक सेयर बिक्री गर्दै प्रभु बैक र छिमेक लघुवित्त


काठमाडौं । प्रभु बैंक लिमिटेड र छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयर बिक्री खुल्ला गरेको छ । प्रभु बैक लिमिटेडको ९ हजार ८ सय ८२ कित्ता सेयर र छिमेक लघुवित्त वित्तीय संस्थाको २ लाख ४४ हजार ४८० कित्ता सेयर बिक्रीका लागि मंगलबारदेखि सिलबन्दी बोलपत्र खुला गरेको हो ।

कम्पनीले बोलकबोल माध्यमबाट प्रभु बैक लिमिटेडको सेयरको न्यूनतम मूल्य प्रति कित्ता एक सय रुपैयाँ र छिमेक लघुवित्त वित्तिय संस्थाको लागि सेयरको न्यूनतम मूल्य प्रति कित्ता ३ सय ९० रुपैयाँ तोकिएको छ ।

सेयर खरिदका लागि बोलकबोल गर्दा प्रभु बैक लिमिटेडको न्यूनतम एक हजार रुपैयाँ कित्ता र छिमेक लघुवित्त वित्तिय संस्थाको लागि न्यूनतम ५० हजार रुपैयाँ कित्ताका लागि आवेदन दिनुपर्ने छ । आगामी असार १० गते भित्र बिक्री प्रबन्धक रहेको मुक्तिनाथ क्यापिटल लिमिटेडमा आवेदन पेस गर्न सकिने छ ।

सेयर खरिद गर्न इच्छुक बोलपत्रदाताले अथवा संघ–संस्था ,कम्पनी भएमा दर्ता प्रमाणपत्र , कर चुक्ता प्रमाणपत्र, सेयर खरिद गर्ने सम्बन्धमा सो संस्थाको संचालक समितिको निर्णयको प्रतिलिपि र विगत २ आर्थिक वर्षदेखि संस्था मुनाफामा रहेको प्रमाणित गर्ने कागजात समेत आवेदन फारमका साथ संलग्न गर्नुपर्ने कम्पनीले जनाएको छ ।