बिल्ट फर हिमालयज, फोटोन टुनल्यान्ड जी–७ अब नेपालमा डेब्यु गर्न तयार


काठमाडौं । चीनको नम्बर १ व्यावसायिक ब्रान्ड फोटोनले आफ्नो नयाँ शक्तिशाली पिकअप गाडी फोटोन टुनल्यान्ड जी–७ नेपालमा सार्वजनिक गर्न लागेको छ ।

अत्याधुनिक प्रविधिसहितको यो गाडी हिमाली राष्ट्र नेपालको भौगोलिक परिवेशमा उत्कृष्ट प्रदर्शन गर्ने गरी निर्माण गरिएको हो ।

चीनमै पहिलो अटोनोमस कमर्सियल भेहिकल सार्वजनिक गर्ने इतिहास बोकेको फोटोनले प्रविधि र नवीनताको सीमाना निरन्तर फराकिलो बनाइरहेको छ । फोटोन टुनल्यान्ड जी–७ कम्पनीको यही प्रतिबद्धता र आधुनिक डिजाइनप्रतिको विश्वासको प्रमाण हो ।

टुनल्यान्ड जी–७ उपभोक्ताहरूका लागि बनाइएको हो जो सडकमा उच्च प्रदर्शन क्षमताका साथै इन्टेलिजेन्ट टेक्नोलोजीको चाहना राख्दछन् । नेपालको चुनौतीपूर्ण भूगोलमा उत्कृष्ट प्रदर्शन गर्न सक्षम यो गाडीमा १६० हर्सपावरको शक्ति र ३९० एनएम टर्क उपलब्ध छ।

२२५ मिमीको प्रशंसायोग्य ग्राउन्ड क्लियरेन्स भएको यो गाडीले असहज बाटो, उकालो–ओरालो र अप्रत्याशित हिमाली बाटाहरू सजिलै पार गर्न सक्नेछ । हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोलजस्ता विशेषताले उकालो चढ्ने वा ओरालो झर्ने अवस्थाहरूमा सुरक्षाको अनुभूति दिलाउँछन् साथै पुस-स्टार्ट इन्जिन बटनले गर्दा सजिलै गाडी स्टार्ट गर्न मिल्छ ।

फोटोन टुनल्यान्ड जी–७ ले मजबुत क्षमतासँगै आरामदायी यात्रा पनि सुनिश्चित गर्छ । क्याबिनभित्र छिरेपछि १२.३ इन्चको इन्फिनिटी स्क्रिनले तपाईंलाई स्वागत गर्नेछ जसले नेभिगेसन र मनोरञ्जनमा सहजता ल्याउँछ । चालक र यात्रु दुवैलाई कुनै पनि मौसममा आरामदायी अनुभव दिनका लागि सिटहरू हीटेड र भेन्टिलेटेड छन्, र तिनीहरू १२ तरिकाले इलेक्ट्रिक रूपमा एड्जस्ट गर्न मिल्ने खालका छन् ।

प्यानोरामिक सनरूफले आकाशसँगको प्राकृतिक सम्पर्कको अनुभूति गराउने अपेक्षा गराउँदै शक्तिका अलावा खुलापन र सौन्दर्य पनि सँगसँगै उपलब्ध हुन सक्छन् भन्ने अनुभूति दिलाउनेछ। र, स्वचालित एयर कन्डिसनिङ सिस्टमले जुनसुकै मौसममा सहज वातारण सुनिश्चित गर्नेछ ।

फोटोनले सधैं उद्देश्यसहितको इनोभेसनमा विश्वास राख्दै आएको छ र टुनल्यान्ड जी–७ त्यसै विश्वासको नयाँ अध्याय हो, जुन अब नेपाली भावना र आवश्यकता अनुसार प्रस्तुत हुँदैछ । यो गाडी नेपालमा केवल बिक्रीका लागि ल्याइएको होइन, यो त नेपालकै लागि डिजाइन गरिएको हो ।