निलम्बनविरुद्ध राजु पाण्डे अदालत पुगे, बुधबार पेसी


फाइल तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिकाका तत्कालीन नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँद्वारा गरिएको निलम्बनको निर्णयविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेका छन् ।

रिट सम्बन्धमा गत जेठ २७ गते पाटन उच्च अदालतको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो ।

सुनुवाइपछि अदालतले दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन आदेश दिएको थियो । सोही क्रममा अदालतले पुनः बुधबारका लागि पेसी तोकेको हो ।