सन् २०३० मा विश्वभरि पेट्रोलियम पदार्थको माग घट्ने



अन्तर्राष्ट्रिय ऊर्जा निकायले विश्वव्यापी पेट्रोलियम पदार्थ उद्योगका विषयमा आयल २०२५ प्रतिवेदन प्रकाशित गरेको छ ।

उक्त प्रतिवेदन अनुसार, सन् २०३० मा विश्वभरि पेट्रोलियम पदार्थको माग स्वाट्टै घट्नेछ । त्यस अवधिसम्ममा विश्वव्यापी पेट्रोलियम पदार्थको उत्पादन ११ करोड ४७ लाख ब्यारल प्रतिदिन पुग्नेछ । त्यो उत्पादन विश्वव्यापी मागभन्दा निकै बढी हुनेछ ।

यस दशकको अन्त्यसम्ममा विश्वव्यापी पेट्ररोलियम पदार्थको खपत १ करोड ५५ लाख ब्यारल प्रतिदिनमा घट्नेछ ।

सन् २०२७ मा चीनमा पेट्रोलियम पदार्थको उपभोग चरममा पुग्ने र त्यसपछि झर्न थाल्ने पनि प्रक्षेपण गरिएको छ ।

कुनै ठूलै अवरोध नआएसम्म पेट्रोलियम पदार्थको आपूर्ति सन् २०३० सम्ममा सहजै हुने बताइएको छ ।

अमेरिकामा भने पेट्रोलियम पदार्थको माग सन् २०३० सम्ममा अघिल्लो आकलनको तुलनामा ११ लाख ब्यारल प्रतिदिन हुनेछ ।

तेलको मूल्य कम हुनुका साथै विद्युतीय गाडीको उपभोगमा कमीका कारण अमेरिकामा पेट्रोलियम पदार्थको माग उच्च रहनेछ ।