बालाजुमा सकुशल भेटिए सुसाइड नोट लेखेर हराएका डाक्टर


काठमाडौं । सामाजिक सञ्जालमा लामो सुसाइड नोट लेखेर सम्पर्कबिहीन भएका डा केशव श्रेष्ठ सकुशल फेला परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनी बालाजु क्षेत्रमा फेला परेको जनाएको छ ।

अहिले प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर प्रहरी परिसर भद्रकाली ल्याइरहेको छ ।