इरानी आक्रमणमा परेर इजरायलस्थित अमेरिकी दूतावासमा सामान्य क्षति



इजरायलको तेल अभिभमा रहेको अमेरिकाको दूतावास भवनलाई छुँदै इरानको क्षेप्यास्त्र भवन नजिकै बज्रिँदा सामान्य क्षति पुगेको इजरायलका लागि अमेरिकी राजदूतले बताएका छन् ।

घटनामा कुनै पनि अमेरिकी अधिकारी घाइते नभएको बताइएको छ ।

सुरक्षा परिस्थितिका कारण दूतावास र कन्सुलेट आज दिनभरि बन्द हुने जानकारी पनि राजदूतले दिए ।

इजरायल र इरानबीच द्वन्द्व चलिरहँदा इरानले अनेकौं क्षेप्यास्त्र तेल अभिभका विभिन्न स्थानमा प्रहार गरिरहेको छ । तेल अभिभ र जेरुसेलममा विस्फोटका ठूला आवाजहरू सुनिएका छन् ।

तेल अभिभमा घना आबादी भएका क्षेत्रका विभिन्न आवासीय भवनहरू इरानी आक्रमणमा ध्वस्त भएका छन् । अमेरिकी दूतावास नजिकैका होटल र घरका झ्यालको शीशा फुटेका छन् ।

इरानलाई आणविक हतियार बनाउनबाट रोक्नका लागि इजरायलले आक्रमण थालेको जनाएको छ ।